राष्ट्रिय समाचार

टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाइयो संविधान दिवस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । संविधान दिवस, २०८० का अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संविधान दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विषेश कार्यक्रम गरी मनाइएको छ ।

टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायतका विशिष्ट व्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

बिज्ञापन

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

यस अवसरमा देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइरहेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।