राप्रपा नेपालले आज देशब्यापी प्रदर्शन गर्ने

काठमाडौं । राप्रपा नेपालले आज असोज ३ गते देशब्यापी प्रदर्शन गर्ने भएको छ ।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउन तथा राँके जुलुश प्रर्दशन गर्ने तयारी गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रदर्शनलाई ब्यापकता दिई सफल बनाउन पार्टीले जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको पार्टीले जनाएको छ ।
संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाले मुलुकलाई सड्ढटको दलदलमा फसायकोले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट ब्यबस्था परिबर्तनमा जोड दिदै राप्रपा नेपाल पछिल्लो समय सडक आन्तोलनको तयारीमा रहेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
