राष्ट्रिय समाचार

प्रधानमन्त्री ‘प्रचण्ड’ भोलि न्युयोर्कबाटै चीन जाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि चीन जाँदै छन्। संयुक्त राष्ट्रसङ्घको महासभालाई आज सम्बोधन गरेपछि प्रधानमन्त्री ‘प्रचण्ड’ भोलि न्युयोर्कबाटै चीन जाने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रधानमन्त्री ‘प्रचण्ड’को चीन भ्रमण टोलीमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरू छन्।

बिज्ञापन

हाङझावमा प्रधानमन्त्री ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सि चिनफिङसँग भेट्नेछन्। त्यहाँ २३ सेप्टेम्बरमा हुने १९ औं एसियन खेलकुदको उद्घाटन सत्रमा प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनफिङबीच भेटवार्ता हुने परराष्ट्रले जनाएको छ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले समकक्षी ली क्वान र चीनको नेशनल कंग्रेसका अध्यक्ष ‍झाओ लेजीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्नेछन्।

बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासङ्घ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल-चीन लगानी सम्मेलनलाई प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्।

त्यसपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले चोङकिङ नगरपालिकामा कृषि र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

उनले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गरी ३० सेप्टेम्बरमा स्वदेश फर्कनेछन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।