राष्ट्रिय समाचार

दशैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा एक लाखले छाडे उपत्यका

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं- दशैँ मनाउनका लागि काठमाडौंबाट गाउँ घर फर्किनेहरुको भीड बढेको छ। काठमाडौंको कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरुको भीड बढेको हो ।

आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएकाे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

बिज्ञापन

नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म घर फर्किनेहरु उल्लेख्य मात्रा देखिएका छन्। दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन् ।

घटस्थापनापछि झन्डै चार लाख यात्रुले उपत्यका छाडेका छन् । यो संख्या दशमीको दिनसम्म अझै बढ्दै जानेछ । हरेक वर्ष दशैँ, तिहार, तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट घर जानेको संख्या उल्लेख्य हुने गर्दछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।