एमालेको निम्तो मान्न नेकपा एसका अध्यक्ष र महासचिव नजाने, सम्मानित नेता जाने

काठमाडौं । नेकपा एमालेले आज दसैँ-तिहारको अवसरमा आयोजना गरेको चियापानमा सो पार्टीबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका प्रमुख नेताहरूलाई पनि निम्तो गरिएको छ । तर, नेकपा एसका अध्यक्ष र महासचिव एमालेको चियापनमा उपस्थित नहुने भएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत थुप्रै नेताहरूलाई पत्रमार्फत् निमन्त्रणा गरेका हुन् । तर, उनीहरूलाई पार्टीगत हैसियतमा बोलाइएको छैन । स्रोतका अनुसार अध्यक्ष नेपाल र खनाललाई पूर्वप्रधानमन्त्री भनेर मात्र सम्बोधन गरिएको छ ।

पार्टीगत मान्यता दिन अझै आनाकानी गरिएकाले अध्यक्ष नेपाल र महासचिव भुसाल ओलीको निम्तोमा त्यति उत्साहित नदेखिएका हुन् । यद्यपि, पार्टी स्रोतले भने दुवै नेता उपत्यका बाहिर रहने भएकाले चियापानमा उपस्थित हुन नसक्ने बतायो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
