भूकम्पको धक्काले सुख्खा पहिरो, बाटो अबरुद्ध

स्याङ्जा, कात्तिक १८ गते । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पको धक्काबाट स्याङजाको अर्जुनचौपारी १ मा गएको पहिरोले बाटो अबरुद्ध भएको छ ।
अर्जुन चौपारी हेलु सडकको माटेथरमा भुकम्पको कम्पनले पहिरोजाँदा माथिबाट पहिरो खस्दा बाटो अबरुद्ध भएको हो । बाटो कालोपत्र गर्नेक्रममा हल्लिएको भित्ता बर्खामा पहिरो गएकोमा गएराति एकैचोटी भुकम्पको कम्पनले ढुङ्गा बाटोमा खस्दा यातायात अबरुद्ध भएको हो ।

डाँडा चर्केका कारण फेरि ढुङ्गा खस्ने डरले बाटो सुचारु गर्न नसकेको पालिकाले जनाएको छ । बिहान पोखराको लागि यात्रु लिएर जान खोज्दा बाटो अबरुद्ध भएको चालक भक्त रोकाले बताउनुभयो । फेरि कम्पन हुने डरले अबरुद्ध बाटो नखोलिएको र आइतबारब मात्र बाटो खोल्ने पालिकाले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
