टिकटक प्रतिवन्धविरुद्ध सर्वोच्चमा रिटको ओइरो, पहिलो पेसी मंसिर ४ गते
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनको ओइरो लागेको छ । तिहार बिदा सकिएर कार्यालय खुलेकै दिन आधा दर्जनजति रिट दर्ता भएका हुन् ।
रिट निवेदन दिनेमा अधिवक्ताहरु दिनेश त्रिपाठी स्वागत नेपाल, जगन्नाथ दुलाल लगायत छन् । उनीहरुले सरकारको निर्णय पूर्णरुपमा गैर संवैधानिक रहेको भन्दै उल्टाउन माग गरेका छन् ।
बिज्ञापन

यसैबीच सर्वोच्चले टिकटक प्रतिवन्धविरुद्ध परेका रिटमा पहिलो पेसी मंसिर ४ गतेलाई तोकेको छ । भोली शनिबार र पर्सी छटको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
