राष्ट्रिय समाचार

विपिन जोशीको अवस्था यकिन गर्न सकिएनः दूतावास

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले हमासले बन्धक बनाई गजातर्फ लगेकाहरूमा नेपालका विपिन जोशी पनि रहेको जानकारी दिएको छ ।

आइडिएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये नेपालका जोशी समेत रहेको दूतावासलाई जानकारी दिएको इजराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन

‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किब्बुज–अलुमिम मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु भध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

यद्यपी दूतावासले जोशी हालसम्म पनि सम्पर्कविहीन रहेकाले पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको बताउँदै खोजी कार्य जारी रहेको बताएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।