राजनीति

एमाले अध्यक्ष ओलीलाई दुर्गा प्रसाईंको चेतावनी– मुख छाड्न नपरोस्

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं– महाअभियानको घोषणा गरेका विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछानेसम्मलाई प्रश्न गरेका छन्।

भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गरी प्रसाईंले शुक्रबार भने,‘तपाईहरू कम्युनिस्ट होइन, व्यापारी हो। केही मारवाडीलाई मात्र काखी च्याप्नु भयो।’

बिज्ञापन

प्रहरीले नजरबन्द र पक्राउको तयारी गरेको भन्दै उनले थपे,‘मलाई पक्राउ गरेर के हुन्छ? तीन करोड दुर्गा प्रसाईंहरु चेतनाका हिसाबले अगाडि आइसकेका छन्।’

लघुवित्त र सहकारी पीडित महिलालाई अगाडि सार्दै उनले भने,‘यस्ता महिलाका लागि न्याय माग्दा प्रहरीले थुन्छ भने तिनका पनि आमा दिदीबहिनी होलान्। तिनले कहिले बुझ्छन्?’

केपी ओली, प्रचण्ड, शेरबहादुर, आरजुदेखि रवि लामिछानेलाई सोध्छु, मैले के गल्ती गरेको छु? भन्दै प्रसाईले भने,‘मैले मुख छाड्न नपरोस्।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।