राजनीति

राप्रपा बैठक- राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाको पक्षमा गर्ने आन्दोलनको स्वरूपबारे छलफल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठकमा राजसंस्था, हिन्दूराष्ट्रको पुनर्स्थापनालगायत जनजीविकाबारे जनदबाब र आन्दोलन गर्ने विषयमा छलफल भएको छ ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार राजसंस्था, हिन्दूराष्ट्रको पुनर्स्थापना लगायत विषयमा राप्रपाले गर्ने आन्दोलनको स्वरूप तयार पार्न गठित कार्यदलको तर्फबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आन्दोलनको आवश्यकता, औचित्य सम्बन्धी ड्राफ्ट बैठकमा पेश गरेका छन् ।

बिज्ञापन

ड्राफ्टमाथि प्रारम्भिक छलफल शुरु भएको छ। अन्य एजेन्डामाथि छलफल हुने क्रम जारी रहेकाले बैठक बिहीबार बिहान ८ बजे पुन बस्ने उनको बताए ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले ७ वटा एजेण्डा प्रस्तुत गरेका थिए। बैठक अध्यक्षले प्रस्तुत गरेको एजेण्डा र वरिष्ठ उपाध्यक्ष मिश्रको आन्दोलनको ड्राफ्टमा केन्द्रित रहेको उनको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।