शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहमा ४३५ शिक्षककाे माग
लोक कल्याणकारी विज्ञापन

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गरेकाे छ । आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै आयोगले आवेदन माग गरेको हो।
शिक्षकको विज्ञापन प्रदेशगत रुपमा माग गरिएको आयोगले जनाएको छ। उक्त पदमा दरखास्त दिन चाहनेका लागि आइतबार विहान १० बजेदेखि नै अनलाइन फारम भर्न सकिने आयोग स्रोतले जनाएको छ ।
बिज्ञापन

उक्त विज्ञापनमा माघ ८ गतेसम्म नियमित दस्तुर तिरेर फारम भर्न सकिने र त्यसपछि माघ १५ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने आयोग स्रोतको भनाइ छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
