कांग्रेसलाई ठूलो पार्टी बनाउन एकताको खाँचो छ, गठबन्धन बाध्यता : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत नआउने अवस्था रहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको बताएका छन् ।
तनहुँ जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिने बताए ।

उनले भने, ‘पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो छ । पार्टीलाई बलियो बनाएर जानसके मात्रै ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।’
उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताए । गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
