घटना

बोराभित्र भेटिएको ४६ दिनपछि शवको पहिचान खुल्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गमा बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान खुलेको छ ।

बोरा भित्र बाँधिएको अवस्थामा गत मंसिर ६ गते एक पुरुष र महिलाको शव फेला परेको थियो । उक्त शव भेटिएको ४६ दिनपछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान खुलेको हो ।

बिज्ञापन

घर भारत भई हाल भरतपुरमा व्यापार गरी बस्र्दै आएका उनीहरु नाताले श्रीमान श्रीमती भएको खुलेको प्रहरीले जनाएको छ । घटनाका पीडक भने भारतमै रहेको खुलेको छ ।

प्रहरीका अनुसार पीडकले पहिला श्रीमान् र पछि श्रीमतीलाई सलले बाँधेर हत्या गरेको खुलेको छ । चितवन प्रहरीले पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।