राष्ट्रिय समाचार

भारतसँग भएका सम्झौताको पूर्ण विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । संसदीय समितिले सरकारसँग भारतसँग भएकाे सन्धि सम्झौताको पूर्ण विवरण माग गरेको छ ।

बुधबार बिहान बसेको संसदको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दै सन्धि ऐनले किटान गरेअनुसारका नेपाल पक्ष राष्ट्र पक्ष भई गरेका सन्धि सम्झौताहरुको सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

बिज्ञापन

आजको छलफलका क्रममा समिति सदस्यहरुले नेपाल सरकारले गर्ने गरेका सन्धि सम्झौताहरुको जानकारी नै नहुने बताएका थिए । त्यसपछि समितिले गत पुस १९ गते भारतका विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा भएका सम्झौताको सम्पूर्ण विवरण ७ दिनभित्र समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हाे ।

विभिन्न मुलुकहरु वा अन्तर सरकारी संघ संगठनहरुसँग भएका सन्धि सम्झौताहरु, सम्झौता भएका मिति र सम्झौताको अवस्था, संसदले अनुमोदन गरेका वा अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण समेत उपलब्ध गराउन समितिले भनेको छ ।

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशंकर यही पुस १९ गते काठमाडौं आएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।