राष्ट्रिय समाचार

सन्दीप लामिछाने निलम्बन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ – सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपलाई आठ वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो ।

बिज्ञापन

पीडित गौशाला-२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो । लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले जनाएको छ ।

क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै निलम्बन गरेको जनाएको छ। क्यानको विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०८० पौष १३ को फैसला र मिति २०८० पौष २५ गतेको कसुर ठहर आदेश बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेशअनुसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं।’

त्यसअघि सन्दीपले बुधबार बेलुका क्यानलाई पत्र लेख्दै न्याय नपाउँदासम्म राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।