घटना

होटल मालिकलाई ‘हनिट्रयाप’मा पार्ने मोडलको गोली हानी हत्या 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं– एक जना होटल मालिकको अश्लील भिडिओ बनाएर हनिट्रयापमा पार्न खोज्ने मोडलको गोली हानी हत्या भएको दाबी गरिएको छ। 

भारतीय मोडल दिव्या पाहुजाको हत्या गरी शव नहरमा फालिएको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान गरेको थियो। 

बिज्ञापन

नयाँ वर्ष जनवरी १ तारिखमा हरियाणाको गुरुग्रामस्थित  सिटी प्वाइन्ट होटलकोे कोठा नम्बर १११ मा उनलाई टाउकोमा गोली हानेको पक्राउ गरिएको अभियुक्तको बयानलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

विवादित छवीका रुपमा परिचित २७ वर्षिया मोडेलले सोही होटलका मालिक अभिजित सिंहलाई हनिट्रयापमा पार्ने प्रयत्नमा थिइन्। उनले अश्लील भिडिओ देखाउँदै रकम माग गरेको बताइन्छ। सिंहको समूहले नै गोली हानी हत्या गरेको प्रहरीको दाबी छ।  

पाहुजाको मोबाइल फोनमा होटल मालिक अभिजीत सिंहका केही अश्लील भिडिओ भेटिएका छन् ।

दिव्या पाहुजा सन् २०१६ मा आफ्ना प्रेमी र गुडगाँउका ग्याङ्स्टर सन्दीप गडोलीको मुठभेडमा संलग्न भएको आरोपमा जेल समेत परेकी थिइन्। 

पाहुजाका परिवारले भने आरोप अस्वीकार गरेका छन्। प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।