घटना

त्रिशुलीमा खसेको जिप निकालियो, भेटिएन मान्छे

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चितवन । त्रिशुली नदीमा खसेको भारतीय जिप निकालिएको छ । जिप भेटिएपनि मान्छे भने फेला परेको छैन । मंगलबार बिहानै त्रिशूली नदीमा गाडी खसेको स्थानीयले खबर गरेपछि खोजी गरिएको थियो ।

चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार नदीबाट भारतीय नम्बर प्लेटको जिप निकालिएको हो । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको छ । तर, जीपका चालक वा यात्रु भने भेटिएका छैनन् ।
जिपमा कति मान्छे थिए वा थिएनन् भन्नेबारे यकिन गर्न नभएको डिएसपी भण्डारीले बताए ।

बिज्ञापन

जिप त्रिशूली नदीमा खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोली त्यहाँ पुगेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।