राष्ट्रिय समाचार

रुसी सेनामा कार्यरत ९४ नेपालीको मृत्यु, ४० जना जंगलमा अलपत्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले रुसी सेनामा भर्ती भई भागेर नेपाली दूतावासमा जाने क्रममा जंगलमा अलपत्र परेका नेपालीहरुको उद्दार गर्न माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोलदै उनले रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धपश्चात भागेर नेपाली दूतावास जाने क्रममा जंगलमा अलपत्र परेको समाचारहरु सार्वजनिक भइरहेको भन्दै कूटनीतिमार्फत् उनीहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

बिज्ञापन

साथै उनले रुसी सेनामा भर्ती भएका ९४ जना नेपालीको मृत्यु भएको जानकारी दिए । सांसद अर्यालले रुसी सेनामा भर्ती भएका एक हजार नेपाली घाइते भएका र पाँच हजार नेपाली रुसी सेनामा भर्ती भएको बताए । उनले उक्त तथ्यांक अपुष्ट भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।