थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरी गर्ने महिला अस्पताल भर्ना

काठमाडौँ- काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार शिशु अपहरण गरेर पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छिन् । काभ्रेको चौरीदेउराली घर भएकी २२ बर्सिया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी गर्ने दैलेखकी मनकुमारी सिंह पाठेघरबाट रक्तस्राव भएपछि काठमाडौँको केएमसी अस्पताल भर्ना भएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।
अनुसन्धानका लागि नियन्त्रणमा लिए पनि उनको पाठेघरबाट रक्तस्राव भएर बिरामी भएपछि अस्पताल भर्ना गरिएको काठमाडौँ प्रहरी परिसर प्रमुख भूपेन्द्र बहादुर खड्काले जानकारी दिए ।

उनले भने–‘बच्चा चोरी गर्ने महिलामाथि अनुसन्धान भइरहेको छ । अहिले पाठेघरबाट रक्तस्राव भएर बिरामी भएकोले हामीले अस्पताल पठाएका छौँ । उसले किन यस्तो गर्यो सबै कुरा बुझेपछि कसुर अनुसारको मुद्दा अघि बढाउँछौँ ।’
अपहरण गर्ने महिलाको गर्भपात भएपछि उनले बच्चा चोरी गरेको प्रारम्भिक जानकारी पाएको प्रहरीको भनाई छ । शिशु चोरी गरेकी उनलाई गएराति ११ बजे काठमाडौँको काँडाघारीबाट प्रहरीले पक्राउ गरेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
