घटना

वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु, ५ जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बारा । बारा निजगढको एक वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । उक्त घटनामा पाँचजना घाइते भएका छन् । रेशम मगरको रोहित वर्कसपमा ग्यास वेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

उक्त घटनामा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगरको बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । विस्फोटबाट सूर्यबहादुर थापा, फिरोद देवान, रितु रजत, राकेश जयसवाल र अरविन साह घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।