घटनासुदूरपश्चिम प्रदेश

८४ जना गुरु हरुले हवन गरिएको समयमा पानी परिरहेको थियो आगलागी भयोवैद्यनाथ धाममा जारी कोटीहोम महायज्ञ कुण्डमा आगलागी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम जिल्लाको साफेबगर नगरपालिकामा रहेको वैद्यनाथ धाममा जारी कोटिहोम महायज्ञको हवन कुण्डमा आगलागी भएको छ।

फागुन १० गतेदेखी सुरु भएको कोटिीम महायज्ञको हवन कुण्डमा आगलागी भएको हो।

बिज्ञापन

शनिबार दिउँसो करिब १ बजे र ३० मिनेट जादा हवन कुण्डमा आगलागी भएको हवनमा क्षेत्रमा उपस्थितहरुले बताए ।
हवन कुण्डमा आगलागी भएको २९ सेकेन्डको भिडियो लगायत केही दृश्यहरु सामाजिक संजालमा सार्वजनिक भएका छन्।

१४४ वर्षमा एक पटक लाग्ने कोटिहोम महायज्ञको हवन कुण्डमा आगलागी कसरी भएको हो भन्ने विषयमा हामीले जिल्ला प्रहरी कार्यलय अछाम लाई बुझ्दा बिस्तृत रिपोर्ट न आएको आगलागी भएको खबर मात्रै आएको बताएको छ।

भने आगलागीको प्रारम्भिक कारण पत्ता नलागेपनि ८४ जना गुरु हरुले हवन गरिएको अवस्थामा सहभागी भएको र आगामी भएको समयमै पानी परिरहेको थियो भनी टीकापुर बाट साफे पुगेका देवीलाल जोशीले मालिका समाचार लाई जानकारी दिए

आगलागी बारे थप विवरण आउन बाँकी रहेको छ। फागुन १० गते देखि सुरु भएको कोटिहोम फागुन २५ गतेसम्म संचालन हुने छ भनेनन् देशको विभिन्न ठाउँ तथा भारतबाट समेत संत महन्त पिठाधिस भक्तजन हरु उपस्थित रहेको जनाइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।