राजनीति

विप्लव नेतृत्वको नेकपाले २०८४ को निर्वाचनमा भाग लिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम विप्लवले आगामी संसदीय निर्वाचनमा भाग लिने संकेत गरेका छन् ।

केन्द्रीय कार्यालय कपिलवस्तुमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै विद्यमान व्यवस्था अन्तर्गत हुने चुनाव पनि क्रान्तिकै मोर्चा हुने बताए ।

बिज्ञापन

उनले भने- चुनावलाई कार्यनीति र रणनीतिको रूपमा विभाजन गरेर बुझ्ने कम्युनिष्ट आन्दोलनको पुरानो चलन थियो। अब त्यसले काम गर्दैन। चुनाव पनि क्रान्तिकै भिन्न मोर्चा हुने भएकोले ०८४ मा चुनावलाई हामीले त्यसरी नै लिनुपर्छ।

चुनाव पनि क्रान्तिकै मोर्चा नमान्ने विगतमा कार्यनीतिक प्रयोग अब पुरानो भएको उनको भनाइ छ । साम्राज्यवाद अहिले नयाँ ढंगले आइरहेको उल्लेख गर्दै आफूहरूले पनि संघर्षको समग्र तरिका प्रयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

साम्राज्यवादले आफ्नो उद्देश्य पूरा गर्न कतिपय देशमा आफैंले कम्युनिष्ट पार्टी खोलेर चलाइरहेको र कम्युनिष्ट पार्टी भित्रै घुसपैठ गरेर समाजवादी आन्दोलनलाई असफल पार्ने भइसकेको जिकिर गरे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।