बालुवाटारमा दाहाल, ओली र देउवाबीच भेटवार्ता
लोक कल्याणकारी विज्ञापन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।
सोमबार बालुवाटारमा राष्ट्रिय मुद्दामा समान धारणा बनाएर अघि बढ्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
बिज्ञापन

त्यस्तै संसदलाई प्रभावकारी बनाउँदै लैजाने, सहकारी प्रकरणमा गठन भएको संसदीय छानबिन समितिलगायतका विषयमा पनि छलफल भएको बुझिएको छ। त्यसअघि प्रधानमन्त्री दाहालले सोमबार नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग पनि विभिन्न विषयमा छलफल गरेका थिए।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
