घटना

तुलसीपुर हत्या प्रकरण : श्रीमानसँग सम्बन्धविच्छेद भएपछि शुक्रबारै बिहे गर्ने तयारीमा थिइन् ‘टीका’ 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं. ६ निवासी ३१ वर्षीय टीका रावलको श्रीमानसँग यही १५ जेठमा सम्बन्धविच्छेद भयो। उनीहरू तुलसीपुर ६ स्थित राप्ती टोलमा भाडामा बस्दै आएका थिए। सम्बन्धविच्छेद भए पनि उनका श्रीमान् सल्यान कपुरकोट गाउँपालिका वडा नं.६ निवासी नेपाली सेनाका अमलदार ३६ वर्षीय सालिकराम बुढाथोकीले आफ्ना सामान लिएका थिएनन्। केही समयमा त्यहाँबाट सामान लैजाने कुराकानी भएको थियो।

यद्यपि, टीकाले अर्कै केटासँग बिहे गर्ने तयारी गरिसकेकी थिइन्। उनी अछाम कमल बजार नगरपालिका- ४ घर भई हाल १९ नम्बर बाहिनी तुलसीपुर दाङमा  कार्यरत २९ वर्षीय सैनिक जवान आर्यन थापासँग शुक्रबार बिहे गरेर जाने तयारीमा थिइन्। आर्यन पनि त्यसकै तयारीमा टीकाकै कोठामा गएका थिए। कोठामा टीका र आर्यन तरकारी काटिरहेका थिए। त्यतिवेलै सालिकराम आएर एक्कासि आर्यनलाई खुँडा प्रहार गरे। ‘हामी आजै बिहे गरेर कोहलपुर जाने र त्यहाँबाट गाडी चढेर अछाम जाने तयारी गरेका थियौँ,’ आर्यनले भने, ‘तर, एक्कासि उनी आएर खुँडा प्रहार गरे।’

बिज्ञापन

आफूमाथि खुँडा प्रहारपछि आर्यन भागे। त्यसपछि टीकामाथि खुँडा प्रहार गर्न थाले। पहिलोपटक प्रहार भएको खुँडा हातले छेक्न खोज्दा हात काटेको थियो। त्यसपछि घरको छतबाट छिमेकीको घरको छतमा गइन। त्यहीँ पुगेर उनको घाँटी रेटेर हत्या गरे।  

उनी यसरी टीकामाथि प्रहार गर्दा छोराछोरी पनि त्यहीँ थिए। उनीहरूबाट एउटा ८ वर्षको छोरा छन् भने कोठामा टीकाको माइला र साइला दाइका छोरा पनि थिए। उनीहरू नकाट्नुस् भनेर हारगुहार गरिरहेका थिए। ती बालबालिकाकै आँखाअगाडि बुढाथोकीले खुँडा प्रहार गरेका थिए। तर, आँखाअगाडि नै टीकाको हत्या गरे। खुकुरी प्रहारबाटै आर्यन घाइते छन्। उनको बायाँ काखी र घाँटीमा काटेको छ। 

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। बुढाथोकी ज्वाला दल गण बारामा कार्यरत थिए। उनी ६ जेठमा शान्ति सेनाबाट फर्किएका थिए। सालिकरामसँग योभन्दा पहिले पनि सम्बन्धविच्छेद भएर पुनः बिहे भएको थियो। सालिकरामलाई प्रक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक प्रकाश थापाले बताए। 
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।