घटना

नाला खन्दा पुरिएर ज्यान गुमाएका तीनैजनाको सामूहिक अन्त्यष्टि 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नवलपुरको कावासोतीमा नाला खन्दा पुरिएर मृत्यु भएका तीनजना मजदुरको शनिबार दिउँसो सामूहिक रुपमा अन्त्यष्टि गरिएको छ। 

कावासोती-३ को चिहान डाँडामा बौद्ध धर्म संस्कारअनुसार उनीहरुको अन्त्यष्टि गरिएको नेपाल मगर संघ कावासोतीका अध्यक्ष सुनमाया थापा मगरले बताइन्। 

बिज्ञापन

कावासोती २ फलफूल चोकमा नाला खन्ने क्रममा एक्कासी खसेको माटोले पुरिएर बिहीबार साँझ कावासोती ५ निवासी ५१ वर्षीया सेती राना, २६ वर्षीया तान माया गाहा र ३२ नर्षीया चमेली दर्लामीको निधन भएको थियो। 

शुक्रबार पीडित पक्ष र कावासोती नगरपालिकाका जनप्रतिनिधिबीच १० बुदे सहमति पछि उनीहरुको अन्त्यष्टि गरिएको मृतकका आफन्त एवम् स्थानीय बासिन्दा भेषराज गाहाले बताए। 

मृतकहरुको शनिबार मध्यविन्दु जिल्ला अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए। 

नाला खन्ने क्रममा तीनजना मजदुरको ज्यान गरेपछि नगरपालिका, प्राविधिक, उपभोक्ता समिति र ठेकेदारको लापरबाहीका कारण उनीहरुको ज्यान गएको भन्दै पीडित पक्षले शुक्रबार दिनभर कावासोतीमा प्रदर्शन गरेका थिए। 

प्रदर्शनको क्रममा तोडफोड र पटक-पटक झडप भएपछि शनिबार पनि कावासोती नगरपालिका र नगर प्रमुख विष्णुप्रसाद भुसालको घरअगाडि सुरक्षा व्यवस्था कडा पारिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।