सुदूरपश्चिम प्रदेश

पहिरोका कारण साँफे–मार्तडी सडक अवरुद्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम, असार ४ गते । सडक माथिबाट पहिरो आएपछि साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ । सोमबार राती साँफेबगर नगरपालिका–१३ इग्रीखोला नजिक पहिरोले सडक अवरुद्ध भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । 

स्थानीय तहसँगको समन्वयमा अवरुद्ध भएको सडक खुलाउने पहल भइरहेको छ । सडक अवरुद्ध भए लगत्तै राती नै उक्त स्थानमा घुगुरकोट प्रहरी चौकीबाट प्रहरी खटिए पनि जेसिबीले पहिरो पन्छाउनु पर्ने भएकोले राती नै सम्भव नभएको बताइएको छ । 

बिज्ञापन

सडक अवरुद्ध भएसँग बाजुरा जिल्ला जाने र बाजुराबाट अन्य जिल्ला जाने यातायात अवरुद्ध भएका छन् । बाजुराबाट बाहिरी जिल्ला जाने हरेक यातायातका साधन अछाम भएर जानुपर्ने हुन्छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।