जलवायु

अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पाकिस्तानमा अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु भएको छ।

दक्षिणी पाकिस्तानको कराचीमा अत्यधिक गर्मी बढेपछि विगत ६ दिनमा ५ सय ६८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

बिज्ञापन

पाकिस्तानको एदही एम्बुलेन्स सेवाका अनुसार कराचीको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउन थालिएको छ।

कराचीमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ भने ह्यूमिडिटी अत्यधिक भएका कारण तापक्रम ४९ डिग्री सेल्सियसजस्तो अनुभव भइरहेको त्यहाँका नागरिकहरूले बताएका छन्।

अत्यधिक गर्मीबाट लाग्ने लू का कारण बिरामी हुने मानिसहरूको सङ्ख्या पनि बढ्दै गएको पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।