घटना

रामेछापको लिखुमा यात्रुबाहक बस दुर्घटना : ७ जना घाइते, २ को अवस्था गम्भीर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : रामेछापको लिखु तामाकोसी गाउँपालिका स्थित बिर्ता लामपानीमा यात्रुबाहक बस दुर्घटना भएको छ। आज बिहान भएको दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर भएको घटनास्थलमा उपस्थित स्थानीय प्रदीप श्रेष्ठले जानकारी दिए।

बिज्ञापन

खिम्ति केउरिनि हुँदै मन्थली जाँदै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको यात्रुबाहक बस  बिहान दुर्घटना भएको हो।

घाइतेलाई स्थानीयले उद्धार गरी अस्पताल उपाचारका लागि अस्पताल लैजाने तयारी गरिरहेका छन्। घटनास्थलमा प्रहरी पुगिनसककेको स्थानीयले जनाएका छन्।

घटनाको थप विवरण आउन बाँकी छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।