राजनीति

चितवनमा विप्लव नेतृत्वको नेकपाको रोपाइँ महोत्सव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनको माडी खैरहनीमा धान रोपाइँ महोत्सव गरेको छ । पार्टी सम्बद्ध ‘जनश्रम कृषि सहकारी संस्था लिमिटेड’को आयोजनामा धान दिवस तथा रोपाइँ महोत्सव गरिएको हो ।

महासचिव विप्लवले धान रोपेर सबैलाई कृषि कर्ममा लाग्न अनुरोध गरे ।

बिज्ञापन

उनले भने, ‘आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता कार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ सामूहिक जीवनशैली अपनाउँदै देशैभर सामूहिक उत्पादन केन्द्रहरु सञ्चालन गरेका छौं ।’

महासचिव विप्लवले केन्द्रीय उत्पादन इकाइको रोपाइँमा दलको दायराबाट माथि उठेर खुला मनसहित सहभागी सबैमा धन्यवादसमेत व्यक्त गरे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।