सन्त निरंकारी आदर्श विद्या मन्दिर एसईईमा टीकापुर नगरपालिका भित्र पहिलो स्थान ल्याउन सफल, भर्ना हुने विद्यार्थीहरुलाई आकर्षक छात्रवृत्तिको व्यवस्था

टीकापुर, १६ असार । सन्त निरंकारी आदर्श विद्या मन्दिरले एसईईमा टीकापुर नगरपालिका भित्र पहिलो स्थान ल्याउन सफलको छ ।

टीकापुर नगरपालिकाको शिक्षा विभागले जारी गरेको शैक्षिक सत्र २०८० को माध्यामिक शिक्षा परीक्षा (एस.ई.ई.) को विद्यालयगत तथा समष्ठिगत नतिजा विवरण स्रोतमा उक्त कुराको उल्लेख गरेको छ । जसमा सामुदायिक विद्यालय तर्फ १२ र संस्थागत विद्यालयतर्फ १५ गरी जम्मा २७ विद्यालय मध्ये सन्त निरंकारी आदर्श विद्यामन्दिर उच्च माध्यमिक विद्यालयले टीकापुर नगरपालिका भित्र ९५ प्रतिशत विद्यार्थी उर्तिण गरी नगरपालिका मै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।


सन्त निरंकारी आदर्श विद्यामन्दिरमा शैक्षिक सत्र २०८० मा एस.ई.ई. दिने विद्यार्थीको संख्या ५६ थियो जसमा ५३ जना विद्यार्थीहरु उर्तिर्ण हुन सफल भएका थिए भने बाँकी तीन जना मध्ये एक जनालाई एउटा र दुई जनालाई दुई–दुई विषय लागेर उनीहरु पूरकमा परेका छन् ।

सन्त निरंकारी आदर्श विद्यामन्दिरमा उर्तिर्ण हुने विद्यार्थीहरुको ग्रेड अर्थात जिपिए संख्यालाई हेर्दा–
३.६० देखि ४.०० जिपिएसम्म ६ जना पास भएका छन् ।
३.२ देखि ३.६० जिपिएसम्म १९ जना पास भएका छन् ।
त्यस्तै २.८ देखि ३.२० जिपिएसम्म २४ जना पास भएका छन् भने
२.४० देखि २.८० जिपिएसम्म ४ जना पास भएका छन् ।
यसरी उर्तिण हुने विद्यार्थी संख्याको नतिजालाई हेर्दा विद्यालयले ९५ प्रतिशित विद्यार्थी उर्तिण गरेर टीकापुर नगरपालिका मै २७ विद्यालय मध्ये उत्कृष्ट नतिजा ल्याएको छ ।

सन्त निरंकारी आदर्श विद्यामन्दिरका गुठियार वोर्ड, व्यवस्थापन समिति तथा विद्यालयका शिक्षकहरुद्वारा आयोजित गरेको उर्तिर्ण विद्यार्थीहरुलाई वधाई तथा धन्यावाद ज्ञापन कार्यक्रममा उर्तिण भएका विद्यार्थीहरुलाई टीका लगाए बधाई ज्ञापन गरेका थिए । उक्त कार्यक्रममा विद्यालय बोर्डले शैक्षिक सत्र २०८१ का लागि कक्षा ११ मा नयाँ भर्ना हुने विद्यार्थीहरुलाई आकर्षक छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । जसमा–
१. ३.६ जिपिएभन्दा माथिका विद्यार्थीहरुलाई १२ महिनासम्म निःशुल्क छात्रवृत्तको व्यवस्था गरेको छ ।
२. ३.२ देखि ३.५९ सम्म ६ महिना निःशुल्क छात्रवृत्त
३. २.८ देखि ३.१९ सम्म ४ महिना निःशुल्क छात्रवृत्त
४. २.४ देखि २.७९ सम्म ३ महिना निःशुल्क छात्रवृत्त
५. २.० देखि २.४ सम्म ३ महिना निःशुल्क छात्रवृत्त
६. १.६ देखि १.९९ सम्म ३ महिना निःशुल्क छात्रवृत्तको व्यवस्था गरिएको गुठियार बोर्डका प्रमुख नर बहादुर रावलले बताउनु भएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.