राजनीति

नेपालको राजनीतिक अवस्था जटिल मोडमा छः रञ्जिता श्रेष्ठ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको बताएकी छन्।

आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को  राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले दलहरूले जनताको आवाजलाई प्रतिनिधित्व गर्दै उनीहरूको आवश्यकता र आकांक्षालाई पूरा गर्नु रहेको बताइन्। 

बिज्ञापन

उनले देशलाई समृद्ध र स्थायित्वको मार्गमा डोर्‍याउन राजनीतिक दलले नै भूमिका निर्वाह गर्नुपर्ने बताइन्।

उनले नेकपा एकीकृत समाजवादी पार्टीले यस दिशामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताइन्। 

उनले नागरिक उन्मुक्ति पार्टीले नागरिकको अधिकार र न्यायको लागि समान प्रतिबद्धता राखेको बताइन्।

उनले भनिन्, ‘दलहरूले जनताको आवाजलाई प्रतिनिधित्व गर्दै उनीहरूको आवश्यकता र आकांक्षालाई पूरा गर्दै देशलाई समृद्ध र स्थायित्वको मार्गमा डोर्‍याउन सक्नुपर्छ। नेकपा एकीकृत समाजवादी पार्टीले यस दिशामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। हामीले पनि नागरिक उन्मुक्ति पार्टीको तर्फबाट नागरिकको अधिकार र न्यायको लागि समान प्रतिबद्धता राखेका छौं।’ 

उनले अगाडि भनिन्, ‘देशमा तमाम राजनीतिक दलहरूले राष्ट्रको विकास र समृद्धिका लागि आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान दिएका छन्। यद्यपि दुःखका साथ भन्नुपर्छ, नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको छ।’

अध्यक्ष श्रेष्ठले राजनीतिक अस्थिरता, आर्थिक असमानता, सामाजिक विभाजनले देशको विकास प्रक्रियामा अवरोध पुर्‍याइरहेको बताइन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।