सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा सर्पको त्रासः ५ पुरुषसहित ७ महिलाको अकालमै मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः सुदूरपश्चिममा सर्पले ५६ जनालाई डसेको छ। ३९ महिला र १७ पुरुषलाई सर्पले डसेको हो। तीमध्ये ५ पुरुष र २ महिला गरी ७ जनाको मृत्यु भएको छ।

सर्पले डसेर ३९ महिला र १७ पुरुष घाइते भएका छन्। चालु आर्थिक वर्षको साउनदेखि असार दोस्रो सातासम्म सर्पदंशका ५४ घटना घटेको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) ले संकलन गरेको विवरणमा उल्लेख छ। सर्पदंशकै कारण सो अवधिसम्म ८१ परिवार प्रभावित बन्न पुगेका छन्।

बिज्ञापन

सर्पले डसेर यही असार ११ गते साँझ कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरका राम पाण्डेयले अकालमै ज्यान गुमाउनु परेको छ। उता दार्चुलामा जेठ १९ गते एक किशोरीको पनि सर्पले डसेर मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका–४ ओडी गाउँकी १६ बर्षीया सुनिता गिरीको सर्पले डसेर मृत्यु भएको हो।

पहाडी जिल्लाभन्दा तराईका जिल्ला कैलाली र कञ्चनपुरमा सर्पको बिगबिग बढेको छ। कैलालीको धनगढी उपमहानगरपालिकाले भने कुनै पनि नगरवासीको घरभित्र सर्प पसेको खवर प्राप्त गर्नासाथ नगरप्रहरीलाई खटाएर सर्प समात्ने काम हुँदै आएको छ।

बैशाखयता मात्र नगर प्रहरीले एक दर्जन बढीको घर तथा गोठभित्र पसेको सर्पलाई समातेर संभावित दुर्घटनाबाट जोगाउने काम गरेको छ। धनगढी उपमहानगरभित्र कार्यरत नगरप्रहरीले गोदावरी नगर क्षेत्रको एक घर एक फर्निचर उद्योगबाट पनि सर्प समातेर छिमेकी नगरवासीलाई सघाउने प्रयास समेत गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।