जलवायु

यो वर्ष पहिलो पटक आजबाट सुरु भयो अति भारी वर्षा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । यो वर्षको मनसुनी सिजनमा आजबाट अति भारी वर्षा सुरु भएको छ । यो वर्ष मनसुन सुरु भएपछि अति भारी वर्षा सुरु भएको आज पहिलो दिन हो । 

यसअघि शुक्रबारसम्म धेरै भारी वर्षा मात्र भएको थियो । “यो वर्ष आजबाट अति भारी वर्षा सुरु भएको हो । हामीले विशेष बुलेटिनमा उल्लेख गरेका थियौँ,” मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “तर दैनिक बुलेटिनमा अति भारी वर्षाको पूर्वानुमान आज पहिलो पटक हो ।” 

बिज्ञापन

२४ घण्टामा २०० मिलिमिटरभन्दा माथि वर्षा भयो भने अति भारी वर्षा हुने मौसमविद् मानन्धरको भनाइ छ । 

उनका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।