कञ्चनपुर र कैलालीका नदीमा पानीको बहाव उच्च , सतर्कता अपनाउन आग्रह
लोक कल्याणकारी विज्ञापन

काठमाडौं : कञ्चनपुर र कैलालीको केही नदी क्षेत्रमा जलसतह सतर्कता तह आसपास पुगेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कञ्चनपुरको दोदा/मछेली नदी, पूर्व पश्चिम राजमार्ग जल मापन केन्द्रमा हाल जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो रहेकोले छ।
बिज्ञापन

यसैगरी कैलालीको खुटिया खोला मुडीभर जलमापन केन्द्रमा हाल जलसतह सतर्कता तह आसपास रहेको र खतरा तह पार गर्न सक्ने पूर्वानुमान रहेको विभागले जनाएको छ।
यी नदी तटीय क्षेत्र आसपासमा रहने स्थानीयलाई आज रातिसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन विभागले अनुरोध गरेको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
