कैलालीमा घरमाथि रुख पर्दा एक घरमा क्षति
लोक कल्याणकारी विज्ञापन

धनगढीः कैलालीमा घरमाथि रुख पर्दा एक घरमा क्षति पुगेको छ।
जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा शिविरमा बस्ने आइतवारी डगौराको घरमाथि रुख खसेको हो। काठले बनेको जस्तापाताले छाएको घरमा रुख परेपछि घरमा पुर्ण रुपमा क्षति पुगेका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ।
बिज्ञापन

घरभित्र रहेको ४ पुरुष र २ महिला गरी ६ जनाको उद्धार गरिएको छ। उनीहरुलाई नजिकै रहेको लालीगुराँस सामुदायिक वन उपभोक्ता समुहको भवनमा राखिएको छ। अन्य पशु चौपाय तथा मानविय क्षति भने केहि भएको छैन्।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
