जलवायु

शनिबार देशका यी स्थानमा हुने छ वर्षा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

लोक कल्याणकारी विज्ञापन

शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन