राष्ट्रिय समाचार

विपद् घटना : ४४ दिनमा १४४ जनाको मृत्यु, ४८ जना बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : मनसुनजन्य विपद्का कारण हालसम्म १४४ जनाको मृत्यु भएको छ भने ४८ जना बेपत्ता भएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले यस वर्ष मनुसुन भएको दिन जेठ २८ गतदेखि हालसम्म प्राकृतिक प्रकोपका १ हजार ५ सय ९२ घटना घटेको र १४४ जनाको ज्यान गएको जानकारी दिए।

प्राकृतिक विपद्का कारण २ सय ३१ घरमा क्षति पुगेको, ४३ वटा पुल बगेको र ४ हजारभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेको उनले जानकारी दिए।

बिज्ञापन

गृहमन्त्री लेखकले मृत्युमध्ये ४७ परिवारलाई राहत दिएको र बाँकी परिवारलाई राहत दिने क्रममा रहेको जानकारी दिए। उनले बेपत्ता भएका मानिस १० दिनभित्र फेला नपरे मृतकसरह राहत दिने सरकारको नीति रहेको उल्लेख गरे।

त्यस्तै गृहमन्त्री लेखकले सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे अनुसन्धान जारी रहेको र शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको बताए। उनले छोराको प्रमाणपत्र प्रमाणित गर्न सांसद वीरेन्द्र महतोले बिचौलियालाई घुस दिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गरे। उनले घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको पनि बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।