रुसले सार्वजनिक गर्यो शीतयुद्ध पछिकै सबैभन्दा ठूलो कैदी साटासाट गरेको भिडिओ

काठमाडौं । बिहीबार रुस र अमेरिकाको कैदी साटासाटलाई रुसले शीत युद्ध यताकै सबैभन्दा ठूलो कैदी साटासाट भनेर व्याख्या गरेको छ ।
रुसी विश्व च्यानल आरटीले रुसले छोडेका अमेरिका, बेलायत तथा जर्मनी लगायतका विभिन्न देशका कैदीहरू रुसले छोडेको थियो ।

आरटीले रुसले १६ कैदीहरू छोडेको बताएको छ । कैदी छाड्न पुगेका सुरक्षा अधिकारीहरूले मास्क लाएर पुगेका थिए ।
विमानमा कैदीलाई राखेर उनीहरू बिदा भएका थिए । उनीहरूलाई टर्कीतर्फको यात्रामा रुसले पठाएको थियो । टर्की हुँदै उनीहरू आआफ्नो देशमा पुगेका थिए ।
यस्तै, हिजै रुसका अमेरिकामा भएका कैदीहरूलाई रुस पठाइएको थियो । मस्को आएका उनीहरूलाई राष्ट्रपति भ्लादिमिर पुटिनले विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
