सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका भौतिक मन्त्री चौधरीले दिए राजीनामा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । मन्त्री चौधरीको राजीनामा पत्र उनका स्वकीय सचिव भक्त चलायनेले मुख्यमन्त्री दीर्घ सोडारीलाई बुझाएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका जिल्ला सचिव समेत रहका चलाउनेले दिएको राजीनामा पत्र मुख्यमन्त्री सोडारीले बुझेका छन् ।

बिज्ञापन

‘प्रस्तुत विषयमा नेपालको संविधान १६८ को उपधारा २ को खण्ड क बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् सदस्य र भौतिक पूर्वाधार विकास मन्त्रीको पदबाट राजीनामा दिएको सादर जानकारी गराउँछ’ मुख्यमन्त्री सोडारीलाई भौतिक मन्त्री चौधरीले बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘तपाईँको नेतृत्वको सरकारमा रही महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न पाउँदा सुखद अनुभव रहेको हुँदा धन्यवाद ज्ञापन गर्दछु ।’

वैशाख ६ गते मुख्यमन्त्रीको शपथ लिएका सोडारीले सोही दिन भौतिक पूर्वाधार विकास मन्त्रीमा चौधरीलाई नियुक्त गरेका थिए । २० असारमा अल्पमतमा परेका सोडारीले भोलि विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने निश्चित छ । विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरे पनि प्रदेश सभा बैठकमा सम्बोधन गरेर मुख्यमन्त्री सोडारीले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले बताएको छ ।

मुख्यमन्त्री सोडारीले राजीनामा दिनुभन्दा एक दिन पहिले भौतिक पूर्वाधार विकास मन्त्री चौधरीले राजीनामा दिएका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट सांसद हुँदै मन्त्री भएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।