सुदूरपश्चिममा कमललाई मुख्यमन्त्री बनाउन कांग्रेस-एमालेको दाबी पेश

कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गरेका छ्न् ।
कांग्रेस र एमाले सांसदको समर्थनमा शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका हुन् । यहाँ कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन् ।

आज साँझ ५ बजेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिने छ । शाह यसअघि पनि मुख्यमन्त्री थिए ।
नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएका थिए ।
शुक्रबार नै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
