अवर्गीकृत

बंगलादेशको एटीएम सबै रित्ता, लुटिने डरले बैंकले राखिएन पैसा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ढाका । बंगलादेशमा अस्थिरताको बीचमा एटीएमहरूमा नगदको अभाव भएको छ। प्रदर्शनकारीले लुटपाट गर्ने डरले धेरैजसो बैंकले एटीएम नै बन्द गरेका छन्, त्यहाँ कुनै पैसा राखिएको छैन । 

वास्तवमा गत ५ अगस्तमा  प्रहरी माथि प्रदर्शनकारीले हमला गरे पछि बंगलादेशका प्रहरीहरु अझै काममा फर्किन सकेका छैनन् । यस्तो अवस्थामा सुरक्षा व्यवस्था नै धरापमा परेको छ । धेरैजसो प्रहरी चौकीहरु रित्तो भएका छन्, त्यहाँ प्रहरीहरु छैनन । न त सडकमा ट्राफिक नै रहेका छन । 

बिज्ञापन

एटीएम बुथसम्म नगद पु¥याउने सुरक्षाकर्मी काममा नफर्केकाले एटिएममा नगद नभएको बैंकरहरुले बताएका छन् । यसअघि गत अगस्त ७ मा  केन्द्रीय बैंकले सबै बैंकबाट १ दिनका लागि एक लाख रुपैयाँ नगद झिक्न सीमा तोकेको थियो ।

हसिनाको राजीनामा पछि देशमा हिंसा, लुटपाट र आगजनीका घटना बढेका छन् । नयाँ सरकारले पनि अझै सुरक्षा ब्यवस्थालाइ  नियन्त्रणमा लिइसकेकाे अवस्था छैन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।