२५ बर्षीय राजेशको मृत्यु भएपछि परिवारको विचल्ली

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ का ‘राजेश महरा’ जसलाई उनका बाआमाले बुढेसकालमा पाएका थिए । बुवा ५४ बर्ष पुग्दा जन्मेका राजेशको १६ बर्षको उमेरमा बिहे भयो । तर छोराको बिहे गरेकै तेस्रो दिन ७० बर्षिय राजेशका बुवा रामसिंहको मृत्यू भयो । बुवाको मृत्यूका कारण राजेशले शसुरालीको बाटो दोहो¥याउन समेत पाएनन् ।
बुवाको मृत्यूपछि राजेशको घरमा आमा र नवविवाहित दुलही सहित ३जना रहे । राजेशलाई ५ बर्षको हुदाँदेखि मुटु सम्बन्धी रोग थियो र उनि नियमीत औषधीपनि सेवन गर्दथे । २० बर्षसम्म औषधी सेवन गरि रोगको निदान नभएका राजेशको पनि मुटुरोगकै कारण मृत्यु हुदाँ उनको परिवार विचल्लीमा परेको हो ।

घरमा ६३ बर्षिय आमा(बिर्मा साउँद), २१ बर्षिय श्रीमती(धाना साउँद) र २ नावालक छोराहरु रहेकाछन् । उनिहरु सबैजना अहिले किरियामा बसेका छन् । परिवारमा आर्थिक उपार्जनको कुनै व्यवस्था नभएकाले राजेश बर्षमा ३–४ महिना भारतमा मजदुरी गरेर खर्चको जोहो गर्दथे । सिजनेवल रुपमा मजदुरी गरेको पैषाबाट परिवार धानेका उनको मृत्यू भएपछि परिवारको साहारा र आहारा दुवै गुमेको छ ।
१९ साउनका दिन राजेश भारतबाट घर फर्किदैँ थिए । कैलालीको अत्तरिया पुगेपछि गाउँका भाई जयदेवलाई फोन गर्छन् । अत्तरियामै रहेका जयदेव भेटघाट गर्न गएका थिए । जयदेव भन्छन्, ‘हामी गाउँले दाजुभाई भएपनि साथीजस्तै थियौँ, लामो समयपछी सडकछेउमा भेट्यौँ तर दर्शन भेटगरि सन्चोबेसन्चो सोध्न नपाउदैँ ढले ।’ उनले भने ‘कपडा किन्नेबेला एकजना पसलेसंग थोरै डिसकस प¥यो मात्रै भने तर त्यसपछि बोल्नै सकेनन,् पछि पसलेलाई पनि प्रहरीले सोधपुछ गर्दा सामान्य डिसकस परेको थाहा पाइयो तर कुरा मिलेपछि कपडा किनेर पैषा तिरेको पाइयो ।’ राजेश ढलेको केहिबेरमै अत्तरिया स्थीत पद्मा अस्पताल लगेपनि उनको पहिल्यै मृत्यू भैसकेको जयदेव बताउछन् ।
राजेशको घरमा अहिले ७ बर्ष र ५ बर्षको २ छोराहरु छन् । उनको घरमा दैनिक छाकटार्न कुनै आयस्रोत छैन् । पारिवारिक समस्या र मुटुरोगका कारण राजेशले ५–६ कक्षा मात्रै पढाई गरेका थिए । बुवा बितेपछी घरको पुरै जिम्मेवारी उनकै काँधमा आएकाले काममा खुब मेहेनत गर्दथे । तर उनि नै अस्ताएपछि बुढीआमा, जवान श्रीमती र नावालक छोराहरु बिचल्लीमा परेकाछन् ।
उहिले उनका आफन्त रामबहादुर साउद र कपील सिंह साउँदले सामाजिक सञ्जालमा आर्थिक अभियान चलाएका छन् । किरिया खर्च र विचल्लीमा परेका बालबच्चाको पालनपोषणका लागि केहि रकमपनि संकलन भइरहेको छ ।
श्रीमान्को मृत्युपछि २१ बर्षको कलिलो उमेरकि धाना अहिले भावविह्वल अवस्थामा छिन् । बालबच्चाको पढाई खर्च र पालनपोषण गर्नका लागि कुनै आधार नभएको उनि बताउछिन् । ‘पतिको औषधोपचारमा सधैँभरी मासिक ३५सय रुपयाँ खर्च हुने गर्दथ्यो । त्यसको ऋण तिर्नै बाँकी छ । कसरी जिवन धान्ने केहि सोच्नै सकेको छैन् ।’ उनले भनिन्,‘मनकारी व्याक्तिहरुलाई मेरो पीडा बुझेर धेरथोर सहयोग गरिदिनु ।’ १४ बर्षको कलिलो उमेरमै बिवाह गर्न बाध्य धाना अहिले २१ बर्षकौ उमेरमा बिधवा भएकी हुन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
