बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

फिदिम : बालिका बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्। फिदिम नगरपालिका- १२ स्थित सिद्धदेवी माध्यमिक विद्यालय पिपलबोटेका शिक्षक राजकुमार नेम्बाङ पक्राउ परेका हुन् ।
पीडित बालिकाका परिवारले दिएको उजुरीका आधारमा फिदिम १३ का नेम्बाङलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेस तामाङले जानकारी दिए।

नेम्बङमाथि १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार फिदिम बजारको सुन्तली चोकमा एक घरमा पीडित बालिका उनका अभिभावकसहित बस्दै आएकी थिइन् । सोही घरमा नेम्बाङले आइतबार राति बालिकालाई बलात्कार गरेको उजुरीमा उल्लेख छ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
