सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम सरकारको हाटबजार निर्माणको कार्यक्रममा एक करोड अनियमितता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण भएका अधिकांश कृषि हाटबजार निर्माणमा अनियमितता भएको छ। प्रदेशको सार्वजनिक लेखा समितिले कैलालीको विभिन्न पाँच स्थानमा कृषि हाटबजार निर्माणमा अनियमितता भएको बताएको हो। कैलालीका विभिन्न पाँच स्थानमा आर्थिक वर्ष २०७६/०७७ मा एक करोड भन्दा बढीको लगानीमा कृषि हाटबजार निर्माण भएका थिए।

तर, टीकापुर कृषि हाट बजारबाहेक अन्य चार स्थानका हाटबजार अलपत्र अवस्थामा छन्। हाटबजारको आवश्यकता एकातिर निर्माण अर्कै ठाउँमा गरिएको र लगानीअनुसारको कामसमेत नभएको प्रदेश लेखा समितिको निष्कर्ष छ।

बिज्ञापन

वि

बिहिवार प्रदेश सभा सार्वजनिक लेखा समितिले गरेको पत्रकार सम्मेलनमा कृषि हाटबजार निर्माणमा अनियमितता भएको बताइएको हो। आर्थिक वर्ष २०७६/७७ मा कैलाली जिल्लामा निर्माण भएका पाँचमध्ये चार वटा हाटबजार प्रयोग विहीन अवस्थामा रहेको पाइएको हो। सार्वजनिक लेखा समितिले अनुगमको क्रममा बजार तथा बसोबास नभएको क्षेत्रमा हाटबजार निर्माण गरिएको सार्वजनिक लेखा समितिका सदस्य मधुदेवी भारतीले बताइन्। उनले सरकारले निर्माण गरेका हाटबजार अलपत्र रहेको बताइन्। ‘हाटबजार बजार र बस्तीभन्दा निकै टाढा निर्माण भएका छन्। बस्ती भन्दा ४/५ किलोमिटर टाढा हाटबजार निर्माण गरिएको छन्,’ उनले भनिन्, ‘निर्माण गरिएका भवन अलपत्र छोड्दा जीर्णसमेत बन्दै छन् भने सरकारको बजेटको दुरुपयोग भएको छ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।