राजनीति

दाङमा वडा अध्यक्षलाई गोलीले उडाइदिने धम्की !

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

तुलसीपुर । विकास निर्माणको विषयलाई लिएर दाङको तुलसीपुरका – ६ का वडा अध्यक्ष र सदस्यलाई ज्यान मार्ने धम्की आएको छ । तुलसीपुर उपमहानगरपालिका –६ को वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर वडा अध्यक्ष दुजमान भण्डारी वर्षातले आफू र वडा सदस्य यमराज केसीलाई भारतीय नम्बरबाट बारम्बार ज्यान मार्ने धम्की आएको बताए ।

गौरवको आयोजना अन्तर्गत तुलसीपुरको तरकारी बजारदेखि गाइडहर हुँदै बनकट्टी जोड्ने मदन आश्रित सडक निर्माणको क्रममा भएको सामान्य विवादलाई लिएर तुलसीपुर उपमहानगरपालिका –६ निवासी इलिजा (डाँगी) वली र निजका श्रीमान जागेश्वर वलीले भारतीय आपराधिक गिरोहलाई प्रयोग गरेर ज्यान मार्ने धम्की दिएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले भने ।

बिज्ञापन

सडक कालोपत्रे गर्नका लागि अतिक्रमित संरचना हटाउने क्रममा वली दम्पतीको घरको पर्खाल भत्काएपछि उनले भारतीय आपराधिक गिरोह प्रयोग गरेको अध्यक्ष भण्डारीले बताए । साउन २९ र ३० गते डोजर लिएर गएका ३ सय उपभोक्ताले बाटोमा वलीको पर्खाल भत्काएपछि भदौ ३० गते बिहान देखि बारम्बार वडा सदस्य यमराज केसीलाई भारतीय ९१९०२८०१९९८१ लगायतका विभिन्न नम्बरबाट अध्यक्ष र सदस्यलाई गोलीले उडाउने, सुट गर्ने भन्दै छाडा रुपमा गालीगलौज गर्ने गरेका कारण परिवार समेत आतङ्कित र त्रसीत भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।