राजनीति

राजेन्द्र महतोले गरे नयाँ पार्टी घोषणा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका छन् । कात्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने पनि बताए ।

बिज्ञापन

उनले पार्टीको नाम भने ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने बताए । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णयसमेत गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिब ८ महिनापछि महतोले नयाँ पार्टी घोषणा गरेका हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।