पाँचथरमा पहिरोले पुरिएर ४ जनाको मृत्यु, ४ जना बेपत्ता

विराटनगर । धनकुटा र पाँचथरमा बाढी र पहिरोमा पुरिएर आज ६ जनाको मृत्यु भएको छ । अविरल रुपमा परेको पानीका कारण पहिराले किचेर ४ जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पाँचथरको फिदिम नगरपालिकामा पहिरोले पुरिएर आमा छोरीको मृत्यु भएको छ ।
पाँचथर फिदिम नगरपालिका –४ चिसापानीमा रहेको आदिासी जनजातीको भवन गएराति पहिरोले पुरिँदा २४ वर्षीय सपना शेर्पा र ५ वर्षिय डोल्मा शेर्पाको मृत्यु भएको हो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको छ ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी बिष्णु कोइरालाले अविरल बर्षाका कारण वेपत्ताहरुको खोजी र उद्धारमा समस्या भएको बताए । उनका अनुसार अहिले पनि पाँचथरमा पानी परिरहेको छ । पानीका कारण उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी पुग्न समस्या भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी कोइरालाले फालेलुङ गाउँपालिका ५, तारे खोलाको बाढीले निगुरे चोककी ३६ वर्षीय कमला राईलाई बाढीले बगाएर बेपत्ता बनाएको जानकारुी दिए । यस्तै बाढीले फालेलुङ ६ र फालेलुङ ५ जोड्ने पक्की पुलसमेत बगाएको ।
फिदिम नपा १ साब्राङस्थितमा फेमे खोला पहिरोमा परी ४ जना हराइरहेको । पहिरोमा परेर सोही ठाँएका ५० को गोपी विश्वकर्माको शव भेटिएको छ ।
अन्यको खोजी कार्य भइरहेको कोइरालाले बताए । धनकुटाको पाख्रीबास नगरपालिका– ५ आज बिहानको पहिरोले घर पुरिदा स्थानीय ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको मृत्यु भएको हो । उनीहरु आमा छोरी रहेको प्रहरीले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
