जलवायु

काठमाडौं उपत्यकामा बाढी पहिरोको वितण्डा : २१ जनाको मृत्यु, ५ बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : काठमाडौं उपत्यकामा बाढी र पहिरोमा परेर २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। 

उनका अनुसार विपदमा परेर ५ जना बेपत्ता र ९ जना घाइते भएका छन् । हालसम्म बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको छ। 

बिज्ञापन

यता गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्धार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन्। 

उनले आज बिहानको बैठकमा मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना संकलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए। उनले वर्षाका कारण काठमाडौं सडकहरु अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।