राजनीति

कम्युनिस्ट नेताहरूले आफ्नो दोहोर चरित्र देखाए : महामन्त्री शर्मा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

झापा । कम्युनिस्ट नेताहरूले दोहोर चरित्र देखाउँदा एमसीसी परियोजनाका विषयमा देश दुई धारमा विभाजित भएको शर्माको भनाइ छ। एमसीसीका बारेमा कम्युनिस्टसँग चोकचोकमा बसेर छलफल गर्न कांग्रेस तयार रहेको उनले बताए। उनले सस्तो लोकप्रियताका लागि हावादारी कुरा नगर्न र यथार्थमा बहसका लागि आउन कम्युनिस्ट नेताहरूलाई चुनौती दिए ।

भद्रपुरको कलवलगुडीमा शनिबार आयोजित परिचयात्मक प्रशिक्षण कार्यक्रममा शर्माले भने, ‘हामी वैदेशिक रोजगारीको नाममा मान्छे बेचेका बेच्यै छौँ, यसले देश समृद्ध बनेन, त्यसैले मान्छे बेच्ने कुरा कांग्रेसले रोक्न चाहेको हो । कांग्रेस मान्छे बेचेर होइन, बिजुली बेचेर देशको विकास गर्न चाहन्छ। ’

बिज्ञापन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकलाई मान्छे बेच्ने देशबाट बिजुली बेच्ने देश बनाउन कांग्रेसले एमसीसी परियोजना पास गरेको प्रष्ट पारेका छन् । उनले एमसीसी पास गरेर कांग्रेस अन्तर्राष्ट्रिय विश्वास धर्मराउन रोकेको दाबी गरे ।

अमेरिका र चीनका आ–आफ्नो स्वार्थ भएकाले संसारभर प्रभाव जमाउन लागिपरे पनि कांग्रेस कुनै पनि देशको पक्षमा नलाग्ने उनले स्पष्ट पारे। कांग्रेस कसैको पक्षमा नलाग्ने र सबैसँग समान दुरीमा बस्ने भन्दै शर्माले कसैको पक्षमा लाग्दा राष्ट्रवाद र कसैको पक्षमा लाग्दा राष्ट्रघात हुन नसक्ने जिकिर गरे।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।