घटना

तीन बालबालिका भेरी नदीमा बेपत्ता, खोजीकार्य जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सुर्खेतस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । भेरिगङ्गा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा शनिबार साँझबाट तीन बालबालिका बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका–११ का १० वर्षीया गङ्गा खड्का र सोही उमेरका दिनेश बुढा तथा ८ वर्षीया कृष्णा सिजाली रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए ।
“६ जनाको समूहमा नहुन गएका रहेछन् । नुहाउने क्रममा ३ जना बेपत्ता भएको खबर हामीलाई आएको छ । बाँकी फर्किएका छन्,” प्रहरी उपरीक्षक विष्टले बाह्रखरीसँग भने, “हराइरहेकाहरूको खोजी कार्य भइरहेको छ । हिजो राति ११ बजेसम्म खोजी गरेको हाम्रो टोलीलले आज विहानैबाट खोजी गरिरहेको छ ।”

बिज्ञापन

लेकबेसी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवा र रामघाट चौकीका प्रहरी सहायक निरीक्षकको नेतृत्त्वमा हराइरहेका बालबालिकाको खोजी कार्य भइरहेको विष्टले जानकारी दिए । १३ जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।